परिचय
पहाडी क्षेत्रमा पर्ने जिल्लाहरु मध्य एक हो इलाम (English: ILAM) जुन कोशी प्रदेशमा पर्दछ। थुप्रै पर्यटकीय स्थानहरूले भरिएको छ इलाम जसमा कन्याम, फिक्कल, पशुपतिनगर, माइपोखरी, इलाम बजार मुख्य आकर्षणको केन्द्र हो। थुप्रै खोज तथा अनुसन्धानकर्तालाई पनि आकर्षित पार्छ इलामले जो लोपोन्मुख पशुपन्छी मुख्यतः रातो पाण्डाका लागि त्यहाँ पुग्दछन्। तराई देखि उच्च पहाडी क्षेत्र सम्म फैलिएको छ इलाम।

इतिहास
लिम्बू भाषाबाट साभार गरिएको नाम इलाम जसमा ‘ इल(IL)’ को अर्थ घुमाउरो हो भने ‘ लाम(LAM)’ को अर्थ बाटो हो। नेपाल एकिकरण हुनु अघि आफै साधन गर्ने दश लिम्बुवान राज्य मध्य एक हो इलाम। यहाँका शासक हाङ्सु फुबा लिंग्दमले इलामलाई सन् १८१३ सम्म शासन गरेका थिए। लिम्बुवान राज्यहरू र गोर्खाका राजा बीच भएको गोर्खा – लिम्बुवान सन्धी १७७४ र गोर्खा र सिक्किमको लडाइँले गर्दा इलामलाई गोर्खाले एकिकरण गरेको हो। १० लिम्बुवान राज्य मध्य इलाम एकिकरण हुने अन्तिम राज्य हो। गोर्खाका राजाले इलामका शासकलाई किपात राज र शासन गर्ने मौका दिएका थिए।

भूगोल
समुन्द्री सतहबाट करिब ८०० मीटर देखि ३,६३६ मीटरको उचाईमा फैलिएको छ इलाम। करिब १,७०० वर्ग किलोमीटर क्षेत्रफल ओगटेको इलामको सदरमुकाम देशको राजधानीबाट लगभग ६०० किलोमिटरको दूरीमा छ। तराईको केही भाग देखि लिएर पहाड हुँदै उच्च पहाडी क्षेत्र सम्म फैलिएको छ इलाम। सन् २०११ को जनगणना अनुसार इलामको जनसंख्या २,९०,२५४ रहेको छ जसमा सबैभन्दा धेरै राई र लिम्बू रहेका छन्।

इलामका विभिन्न ठाउँहरू
मुख्यतः चिया र चिया बगानको लागि प्रसिद्ध छ इलाम। यहाँको चिया नेपालको विभिन्न ठाउँका साथसाथै विदेशमा समेत निर्यात हुन्छ। जसमा कन्याम प्रमुख स्थल हो र त्यसपछि इलाम बजार, फिक्कल, पशुपतिनगर,अन्तु डाँडा (श्री अन्तु), माइपोखरी र अन्य थुप्रै ठाउँहरू छन्। यहाँका मान्छेको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती नैं हो मुख्यतः नगदे बाली जस्तै चिया, अलैँची, अदुवा, आलु र अम्रिसो र दूधजन्य पदार्थ जस्तै दूध, छुर्पी, चिज र ललिपप पर्दछन्।

कसरी पुग्ने त इलाम?
देशको राजधानी काठमाण्डौबाट हरेक दिन बस र अन्य गाडिहरु जाने गर्दछन् जुन अलि काम खर्चिलो तर अलि लामो माध्यम हो। तपाईंसँग प्रसस्त समय छ र विभिन्न ठाउँ हेर्न रुचाउनु हुन्छ भने यो एकदम सही उपाय हो। अर्को भनेको हवाई माध्यम; अहिले इलाममै पनि एयरपोर्ट छ (फागुनानन्द एयरपोर्ट) सिधै त्यहाँ जान पनि सकिन्छ र झापा सम्म गएर त्यहाँबाट केही घण्टाको गाडीको यात्रा गर्न पनि सकिन्छ। यी मध्य तपाईंलाई कुन सजिलो, राम्रो र तपाईंको बजेटले भ्याउँछ त्यो तपाईंले छान्न सक्नुहुन्छ।

तपाईंको इलाम भ्रमण रमाइलो होस् !
विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।