कोशी

कोशी (सप्तकोशी)

नेपालको लामो र ठूलो नदी मध्ये एक नदी हो कोशी (KOSHI)। यसको लम्बाई ७२९ किलोमीटर रहेको छ। कोशी एक त्रिदेशीय नदी हो जुन चीनको तिब्बत, नेपालभारत हुँदै बग्दछ। सातवटा ठूला नदीहरूको सम्मलेनपछि बन्ने भएकाले कोशिलाई चतारा घाटबाट तल लागेपछि सप्तकोशी पनि भनिन्छ।

यसका सहायक नदीहरूमा पूर्वको कञ्चनजंघा बाट आउने तमोर देखि तिब्बतबाट अरुणसुनकोशी (भोटेकोशी) सम्म छन्। त्यस्तै अरु सहाएकहरुमा दुधकोशी, तामाकोशी, लिखु खोलाइन्द्रावती रहेका छन्।

कोशी नदी

कोशी वर्षायाममा एकदमै ठूलो भएर बाढी लिएर ठूलो बहावमा भारतको बिहार प्रवेश गर्दछ। यसैकारणले कोशीलाई ‘ बिहारको दुःख ‘ भनेर पनि चिनिन्छ।

कोशी नदी

कोशी लगभग ७२९ किलोमीटर लामो छ र यसले ७४,००० वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ। भारत पुगेपछि कमला, बाग्मतीगण्डक पनि कोशीको सहायक नदीका रूपमा गनिन्छन् र अन्त्यमा कोशी गंगेमा गएर मिसिन्छ।

कोशीमा आएको बाढी

कोसीमा माछा धेरै पाइने हुनाले धेरै मान्छेहरु माछा मार्ने गर्दथे भने अहिले यसमा केही कमी आएको छ जसको कारण युवाहरु अरु काममा आकर्षित हुँदै गएका छन् ।

flood in tamor
कोशी नदीमा आएको बाढी

नेपाल – भारत सीमामा कोसी ब्यारेज बनाएको छ जुन नेपालको सप्तरीसुनसरी जिल्लाको सिमानामा पर्दछ। यसलाई भिमनगर ब्यारेज पनि भनिन्छ। मूलतः यसको काम भारतको विभिन्न भागमा सिंचाई गराउनुको साथै बाढी र यसको प्रभावलाई रोक्नु वा रोक्न खोज्नु हो।

यी ब्यारेज सन् १९५९ देखि १९६३ को बीचमा बनाइएको थियो। यसको सबै लागत भारतले बेहोरेको थियो। यस व्यारेजको पूर्व पट्टी लगभग ३ किलोमिटर तल २० मेगावाट बिजुली पनि उत्पादन गरिएको छ। त्यससँगै ब्यारेजको माथि पुल समेत निर्माण गरिएको छ जसले पूर्व – पश्चिम राजमार्गलाई जोड्ने समेत काम गर्दछ।

कोशी टप्पु वन्यजन्तु आरक्ष

कोशी टप्पु वन्यजन्तु आरक्षन नेपालको पूर्वी भूभागमा कोशिसंगै टासिएको छ। यसले १७५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र यसमा विभिन्न लोपउन्मुख प्राणीहरुलाई बचाएर राखिएको छ। यसको स्थापना सन् १९७६ मा भएको थियो। थुप्रै चरा चुरुङ्गी पानीमा पाइने जनावरहरू तथा अन्य थुप्रै प्राणीहरू पनि पाइन्छ।

विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।

अरु भिभिन्न ठाउँको बारेमा थाहा पाउन thesandeshneupane.com मा जानुहोला।

More From Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *