हामी सबैलाई अबगत नै छ कि नेपाल जलस्रोतमा धनी देश हो र यहाँ नदि, नाला, ताल, तलैया, झरनाहरु एकदमै धेरै छन्। ति मध्ये पाँच लामा नदीहरुको (English: Five longest rivers of Nepal) बारेमा यहाँ छोटकरिमा बुझाउन खोजेको छु। पुरा पढ्नुहोला …
यदि तपाईंलाई पढ्न अल्छी लाग्छ भने तपाईंले यहाँ भिडियो हेर्न सक्नु हुनेछ
५.पाँच नम्बरमा हामीसँग छ;
बाग्मती

बाग्मती नदी नेपालको एक मुख्य नदी हो। यो नदी बगद्वारबाट उत्पति भएर सुन्दरीजल हुदै पशुपति प्रवेश गर्छ। त्यसपछि टेकुमा विष्णुमतिसँग मिसिन्छ त्यसैगरी हनुमन्ते पनि यसको सहायक नदीको रुपमा चिनिन्छ। चोभारको गल्छी काटेर यो नदी तराईतिर बग्छ।
तराइमा पनि यसको आफ्नै विशेषता छ। यस नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पबित्र नदी मानिन्छ र यस नदीको किनारमा हिन्दु धर्मवालम्बीहरुको मृत्यु पश्चात जलाइन्छ भने किरात धर्मवालम्बीहरुको यसै नदी किनारमा गाडिन्छ।
नेपाली हिन्दुहरुका अनुसार लास जलाउनु अघि बाग्मतीमा तीन चोटी चोपलीन्छ जसले गर्दा उनीहरुको आत्मा सुद्ध हुने विश्वास छ। यसको उत्पति देखि नै हेर्ने हो भने पनि एकदमै धेरै मन्दिरहरु नदीका किनारमा देख्न पाइन्छ।
काठमाण्डौको बाग्द्वारबाट उत्पन्न यस नदी चोभार हुदै तराई र भारतमा कोशी सम्म मिसिदा यसको लम्बाई ५८६.३ किलोमिटर छ र यो सँगै नेपालको लामा नदीमा बाग्मती पाँच नम्बरमा परेको छ।
४. चार नम्बरमा हामीसँग छ;
पश्चिमी राप्ती

पश्चिमी राप्ती नेपालको मध्य पश्चिमी भागबाट बग्दछ भारतको अबध र पुर्बान्चल क्षेत्रबाट घाघरा नदीमा मिसिएर गंगेमा मिसिन जान्छ। राप्ती किनारमा पहाडी क्षेत्रमा खाम मगर र भित्रि तराइमा थारुहरुको उल्लेखनीय वस्ती पाउन सकिन्छ।
यसको पानी सिँचाई को लागि प्रयोग हुन्छ भने विद्युत निकाल्न सकिने एकदमै धेरै क्षमता छ। यसलाई गोरखपुरको दुख भन्ने उपनामले पनि चिनिन्छ। पूर्व पश्चिम पर्बत शृंखलाको पश्चिमी धवलागिरी र महाभारतको लगभग बीचतिरबाट यसको उत्पति भएको छ।
यो शृंखलाको ३,५०० मिटर अग्लो पहाडबाट तीन बिभाजन भएको छ। जसको उत्तरपट्टि कर्णाली र गण्डकी छन् भने दक्षीणमा राप्ती र अलिक सानो बबई नदी छन्। भारतमा पुगेपछि दुवै छुट्टाछुट्टै कर्णालीमा मिसिन्छन तबसम्म यसको लम्बाई ६०० किलोमीटर छ र यो संगै नेपालको लामा नदीमा पश्चिमी राप्ती चार नम्बरमा परेको छ।
३. तीन नम्बरमा हामीसँग छ;
गण्डकी

गण्डकी नदी जसलाई हामी नारायणी नदीको नामले पनि चिन्छौ। यो नदी नेपालको ठुला नदीहरु मध्य एक हो र भारतमा पुगेपछि गंगेको एक प्रमुख सहायक नदी पनि हो। नेपालको हिमाली र पहाडी क्षेत्रमा बग्ने नदीहरुमा गहिरो घाटीको लागि यो नदी प्रसिद्ध छ।
यो नदीको किनारमा तीन हिमालहरु छन् ८,००० मिटर माथिका जसमा धवलागिरी, मनास्लु र अन्नपुर्न्न पर्दछन। गैडाकोटबाट तल लागेपछि यसलाई नारायणी वा सप्त गण्डकी भनिन्छ जसमा काली गण्डकी र त्रिशुली मिसिम्छ र त्रिसुलिको पनि सहायकका रुपमा दरौदी , सेती, मादी, मर्स्याङ़दी र बूढी गण्डकी छन्।
गण्डकी पनि पटना नजिकै गंगेमा मिसिन्छ तबसम्म यसको लम्बाई ६३० किलोमिटर छ र यो सँगै नेपालको लामा नदीमा गण्डकी वा नारायणी तीन नम्बरमा परेको छ।
२. दुई नम्बरमा हामीसँग छ;

कोशी (सप्तकोशी) एक त्रिदेशीय नदी हो जुन चीनको तिब्बत, नेपाल र भारत हुदै बग्दछ। चतरा घाटबाट तल लागेपछि यसलाई सप्तकोशी पनि भनिन्छ। जसमा यसको सात मुख्य सहायक नदीहरु मिसिन्छन। जसमध्य तमोर जुन कन्चंजन्घाबाट उत्पति हुन्छ।
त्यसैगरी अरुण र सुनकोशी तिब्बतबाट ,अनि दुधकोशी, तामाकोशी, लिखु खोला र इन्द्रावती नदी नेपालकै विभिन्र् ठाउँबाट उत्पति भएको छ। सप्तकोशी भारतको कुर्सेलमा पुगेर गंगेमा मिसिन्छ, सप्ताकोशिलाई बिहारको दुख भनेर पनि चिनिन्छ।
सप्तरी र सुनसरी जिल्लाको बिचमा नेपाल र भारतको सीमामा कोशी ब्यारेज निर्माण गरिएको छ जसले बाढीबाट जोगाउछ र सिँचाईको लागि प्रयोग गरिन्छ। यसको उत्पति देखि अर्को नदीसम्म मिसिदा यसको लम्बाई ७२९ किलोमिटर रहेको छ र यो सँगै नेपालको लामा नदीमा कोशी दोस्रो नम्बरमा परेको छ।
१. एक नम्बरमा हामीसँग छ;
कर्णाली

कर्णाली पनि एक त्रिदेशीय नदी हो। यसलाई बारहमासी नदी पनि भनिन्छ जसको मतलब बाह्रै महिना सदाबहार बग्दछ। यसको उद्गमस्थल चीनको तिब्बत प्रान्तको मानसरोबर ताल नजिकै हो। त्यसपछि नेपालको विभिन्न भाग हुदै भारतको गंगेमा गएर मिसिन्छ।
गंगेको सहायक नदीमा कर्णाली सबैभन्दा ठुलो नदी हो। यसका सहायक नदीहरुमा सेती, भेरी, राप्ती, बूढी गंगा र महाकाली पर्दछन। भारत प्रवेश पश्चात अयोध्याको किनार हुदै कर्णाली बग्दछ जसलाई सरायु वा घाघरा पनि भनिन्छ। तबसम्म यसको लम्बाई १,०८० किलोमीटर छ र यो सँगै नेपालको लामा नदीहरुमा कर्णाली पहिलो नम्बरमा परेको छ।
विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।