कन्याम

परिचय

कन्याम (KANYAM) इलाम जिल्लामा पर्ने एउटा पर्यटकीय शहर हो। कोशी प्रदेशको इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्ने यस ठाउँ निकै नै सुन्दर छ। कन्याम यसको हरियो चिया बगानको लागि प्रशिद्ध छ। प्रकृतिको धनी कन्यमलाई ‘ पूर्वकी रानी ‘ भनेर पनि चिनिन्छ।

वर्षेनी हजारौं पर्यटक कन्याम घुम्न आउँछन् जसको मुख्य आकर्षण भनेको त्यहाँको मौसम र चिया बगानको हरियाली हो। स्वर्गीय आनन्द दिने चिया बगान, सालका रूखहरु, चिसो मौसम, र घोड सवारीका लागि प्रख्यात छ कन्याम।

भूगोल र मौसम

कन्याम समुन्द्री सतहबाट करिब ६,००० फिट उचाईमा अवस्थित छ। कन्याम चारआलीबाट ३५ किलोमिटर टाढा छ जुन झापामा पर्दछ भने इलामको सदरमुकाम इलाम बजारबाट करिब ४३ किलोमिटर टाढा छ। फिक्कल, पशुपतिनगरश्रीअन्तु (अन्तु डाँडा) त्यहाँ बाट सबै भन्दा नजिकै पर्ने अन्य पर्यटकीय स्थल हुन।

कन्याममा रात बस्नको लागि होटल हरु नभएका कारण बेलुका बस्नको लागि भने कि त हामी फिक्कल पुग्न पर्ने हुन्छ (जुन ५ कि. मी टाढा छ) कि त इलाम बजार (जुन करिब ४३ कि . मी टाढा छ)।

कन्याममा एकदमै चिसो हावा चलिरहन्छ जसले चिया बगानको दृश्यावलोकनलाई अझै रमाइलो प्रदान गर्दछ। टेरेस खेतीले यस ठाउँको मनोरमता बढाउनुका साथै नगदे बालीलाई पनि टेवा पुराएको छ।

मुख्यतः सूर्योदय हेर्नका लागि चिनिएको यो ठाउँबाट हामीले कञ्चनजंघा हिमाल (विश्वकै तेस्रो अग्लो हिमाल), तराईका विभिन्न स्थान, दार्जीलिङ, सिक्किम, मीरीक र बङ्गालको खाडीको केही दृश्य पनि देख्न सक्छौ।

कन्याम चिया बगान

कन्याम चिया बगानको सुरुवात स्वर्गीय राजा वीरेन्द्रले चियाको बिरुवा रोपेर गरेको इतिहास रहेको पाउन सकिन्छ। यस चिया बगानले करिब २४० हेक्टर क्षेत्रफल ओगटेको छ भने करिब २०० हेक्टरमा चियाखेती भएको छ जसबाट करिब १२५ हजार किलो चिया उत्पादन हुने गरेको पाइन्छ।

कन्याम चिया बगान करिब ५,५०० फिटको उचाइमा अवस्थित छ जुन चिया खेतीको लागि अनुकूल ठाउँ हो। यहाँ उत्पादित चिया उच्च गुणस्तरको हुन्छ भने यो चिया नेपालका विभिन्न ठाउँमा पुग्नुका साथसाथै विदेशमा निर्यात पनि हुने गरेको पाइन्छ।

कन्यामको चिया बगान

कन्याम कसरी पुग्ने त?

कन्याम पुग्न काठमाण्डौबाट सिधै गाडी पनि पाइन्छ भने झापा सम्म पुगेर त्यहाँबाट गाडी फेरेर जान पनि सकिन्छ। गाडीमा जाँदा विभिन्न ठाउँको मनोरम दृष्य हेर्दै जान सकिन्छ भने अलि धेरै समय लाग्न सक्छ। त्यससँगै प्लेनमा सिधै झापा गएर त्यहाँ बाट गाडीमा जान पनि सकिन्छ।

तपाईंलाई धेरै छिटो पुग्नु छ भने हेलिक्टरमार्फत पनि त्यहाँ पुग्न सकिन्छ। बाइकहरु सजिलै यस स्थानमा पुग्न सक्छ। तपाईंले आफूलाई जुन सजिलो माध्यम लाग्छ त्यही प्रयोग गर्न सक्नुहुन्छ। छिटो र सजिलै पुग्न छ भने हवाई माध्यम उपयुक्त हुन जान्छ भने थोरै महङ्गो भने पर्न जान्छ। यदि तपाईंलाई हतार छैन अनि ठाउँहरू हेर्न रुचाउनु हुन्छ भने स्थल मार्ग उपयुक्त हुन्छ।

विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।

येस्तै विभिन्न ठाउँको बारेमा पढ्न thesandeshneupane.com मा जानुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *