Mustang

मुस्ताङ

परिचय

हिमाल पारीका जिल्ला भनेर चिनिने जिल्ला मध्य एक हो मुस्ताङ (English: Mustang)। मुस्ताङ गण्डकी प्रदेशमा पर्दछ र मुस्ताङको अर्थ उर्वर भूमि हो। विश्वकै सबैभन्दा गहिरो घाटी (gorge) जुन धवलागिरीअन्नपूर्ण हिमालको बीचमा पर्दछ, त्यो पनि मुस्ताङमै पर्दछ। थुप्रै पुराना तथा पुरातात्विक महत्व बोकेका धरोहरहरू हामीले मुस्ताङमा देख्न सक्छौं।

हिमाल पारीको मुस्ताङ

इतिहास

केही समय अघिसम्म पनि मुस्ताङ एक स्वतन्त्र राज्य थियो जसको कला, भाषा र भेष भने तिब्बतीहरुसंग मिल्न जान्थ्यो। मुस्ताङ भन्ने शब्द यै राज्यको पुरानो नाम – लो मुस्ताङ बाट साभार गरिएको हो। सन् १४०० देखि १६०० सम्म लो – मुस्ताङले तिब्बतभारतबीच हुने कालीगण्डकी व्यापारमा आफ्नो हक जमाएको थियो।

तिब्बतसँग आफ्नो कला,संस्कृति,भाषा आदि मिल्दा मिल्दै पनि लो मुस्ताङले तिब्बत विरुद्धको नेपाली युद्धमा नेपाललाई सहयोग गरेको थियो। सन् १९६० को दशक ताका मुस्ताङ तिब्बतको चीन विरुद्धको युद्धका लागि स्थल बनेको थियो जहाँ तिब्बतिहरुले आफू लुक्ने थलो बनाएको थिए।

रातो गुम्बा, मुस्ताङ

भूगोल

मुस्ताङ तिब्बती पठार (plateau) सँग जोडिएको छ। यो सँगै अन्नपूर्ण र धवलागिरी जस्ता ठूला हिमालहरू पनि यसै जिल्लामा पर्दछ र थुप्रै ७,००० मीटर माथिका हिमालहरू पनि यहाँ छन् मुस्ताङको उचाई १,३७२ मिटरबाट ८,१६७ मीटरसम्म रहेको पाइन्छ।

पुरै मुस्ताङ जिल्ला अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्दछ जुन नेपालकै ठूलो संक्षरित क्षेत्र पनि हो। मुस्ताङको सदरमुकाम जोमसोम हो जसले ३,५७३ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ।

मुस्ताङ

स्थान:२८.२०’ देखि २९.०५ उत्तर – ८३.३०’ देखि ८४.१५’ पूर्व

जम्मा क्षेत्रफल: ३५७३ वर्ग कि. मी

उचाई: १,३७२ मी देखि ८,१६७ मी

ओसिलो र सुख्खा मौसम: असार देखि भदौ(१८४ मी मी वर्षा)

चैत देखि जेठ (५ मी मी वर्षा)

उच्चतम र न्यूनतम तापक्रम: २६ डिग्री सेल्सियस(जेठ/असार) -१२ डिग्री सेल्सियस(पुस/माघ)

हिमपात: मंसिर देखि माघ (१५ देखि ३० सेन्टिमिटर)

खोलाहरू: काली गण्डकी, लम्पोड्याङ खोला, लेते खोला, थिली खोला, मार्फा खोला, घामी खोला, थाक खोला, चोकोपानी खोला

ठूला हिमालहरू: धवलागिरी(८,१६७ मी), निलगिरी(७,०७०मी), तिलिचो(७,१३२ मी), याक-कवा (६,४८२ मी), टुकुचे(६,०१३ मी),

जातीय समूह: थकाली, लोबा र बाह्रगाउँले

आर्थिक गतिविधिहरु: व्यापार, पर्यटन, ज्याला मजदुरी, खेतीपाती तथा बस्तुपालान।

मुस्ताङबाट देखिने मनोरम हिमाली चित्र

मुस्ताङको विभिन्न ठाउँहरू

मुस्ताङ मुख्यतः तीन भागमा विभाजीत छ। बाह्रगाउँ जुन जोमसोमका उत्तरमा पर्दछ, पाँच गाउँ जुन जोमसोम र मार्फाको बीचमा पर्दछ त्यसैगरी थाक जुन मार्फाको दक्षिणमा पर्दछ। बाह्र गाउँलाई ‘ तल्लो लो ‘ भनेर पनि चिनिन्थ्यो। प्रसिद्ध मुक्तिनाथ पनि यही अवविस्थित छ।

पाँच गाउँ भने थकालीको थलो हो जो तिब्बती रहन सहनको प्रभावका कारण बुद्धिस्ट बन्न पुगे। त्यस्तै प्रसिद्ध तिलिचो ताल जुन विश्वकै अग्लो ठाउँमा रहेको ताल भनेर चिनिन्छ त्यो ताल पनि मुस्ताङ सँगै टासिएको मनाङ जिल्लामा पर्दछ भने यो १६,१४० फिट उचाइमा अवस्थित छ।

मुक्तिनाथ

मुक्तिनाथ हिन्दू र बुद्धिस्ट दुवैको एकदमै पवित्र मन्दिर हो। हिन्दूका अनुसार यो ठाउँलाई मुक्ति क्षेत्र भनेर पनि चिनिन्छ। यो मन्दिर प्राचीन हिन्दू मन्दिर हो जुन विष्णु सँग सम्बन्धित छ। त्यहाँ १०८ वटा राँगाका अनुहार अंकित ढुङ्गेधाराहरु छन् र त्यहाँ जाने धर्मावल्बीहरूले प्रत्येक धाराबाट नुहाउने गर्दछन्।

बुद्धिजमका अनुसार गुरु रिङपोचे, जसलाई पद्मसम्भा पनि भनिन्छ, जो तिब्बती बुद्धिजमका सुरुवातकर्ता हुन उनले तीब्बत जाने क्रममा मन्दिर रहेको ठाउमा ध्यान र तपस्या गरेका थिए।

मुक्तिनाथ मन्दिर, मुस्ताङ

लो मान्थाङ

लो मान्थाङ मुस्ताङको एक प्रसिद्ध गाउँ हो। यो ठाउँ विशेषत राज दरबार, मठहरु र अग्लो सेतो (कमेरो जस्तो) इट्टाको पर्खलका लागि प्रसिद्ध छ। राजदरबार करिब ६०० वर्ष पुरानो मानिन्छ जसमा नौवटा कुन र पाँच तला रहेका छन्।

२०७२ को भुइँचालोले यो दरबारका धेरै भाग चर्किएका छन्। त्यहाँ चार मुख्य मन्दिरहरू छन् जुन १५औँ शताब्दीमा बनेको हो। पहिलो जाम्पा लाखाङ/जाम्पा गोम्पा जसलाई भगवानको घर भनेर पनि चिनिन्छ। दोस्रो थुबेचेन् गोम्पा, तेस्रो चोदे गोम्पा जुन मुख्य मन्दिर हो र चौथो चोप्राङ गोम्पा जुन नयाँ गोम्पा हो।

लो मान्थांग, मुस्ताङ

मानव निर्मित गुफाहरू

मुस्ताङमा लगभग १०,००० मानव निर्मित गुफाहरूको समूह छ। मुस्ताङ उपत्यकाको आसपासमा यस्ता गुफाहरू छन्। खोज तथा अनुसन्धानमा लगभग २,००० देखि ३,००० वर्ष पुराना लासहरु पनि भेटिएका छन्।

बुद्धिस्ट चित्रहरू, लेखहरू र अरु थुप्रै कुराहरू जुन १३ औं शताब्दीका हुन पनि भेटिएका छन्। सन् २००७ मा ५५ वटा चित्रको समूह भेटिएको थियो जसले बुद्धको जीवनलाई व्याख्या गर्छ। यी गुफाहरूले सबैलाई आश्चर्य चकीत बनाउँदछ।

मानब निर्मित गुफाहरु, मुस्ताङ

मुस्ताङ कसरी पुग्ने ?

हामी मुस्ताङ रोडको बाटो हुँदै थुप्रै मनोरम दृश्य हेर्दै जान सकिन्छ नत्र हवाई माध्यम पनि एउटा सहज र छिटो तरिका हो। त्यसैगरी मान्छे पैदल यात्रा पनि गर्छन्। पोखराबाट दिनकै प्लेन र बस जान्छ भने बस काठमाण्डौबाट सिधै पनि जान्छ। त्यस्तै हेलिकप्टर पनि लान सकिन्छ।

पैदल यात्रामा जाँदा हामीले धेरै ठाउँको दृश्यावलोकन गर्दै सफा र स्वच्छ हावा खाँदै रमाइला गफ गर्दै आनन्दले जान सकिन्छ भने विभिन्न ठाउँका पुलिस चेकपोस्तले पैदल यात्रीलाई सुरक्षित आभास दिलाउँछ। प्रत्येक गाउँमा फोनको सुविधा पनि छ। जोमसोममा बैंकहरु पनि छन् र हुलाकको सुविधा पनि पाइन्छ।


विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।

More From Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *