विश्वका पाँच अग्ला हिमाल

विश्वका अग्ला हिमाल भन्ने बित्तिकै हाम्रो दिमागमा ८,००० मिटर माथिका हिमालको याद आउँछ। सबैभन्दा अग्लो हिमाल त् सबैलाई थाहा होला तर पाँच अग्ला चाहि विरलैलाई मात्र थाहा छ । विश्वका पाँच अग्ला हिमालका (English: Five tallest mountain in the world) बारेमा थाहा पाउन यो पुरा पढ्नुहोला…

५. पाँच नम्बरमा हामीसँग छ ;

मकालु

मकालु (Makalu) विश्वकै पाँचौ अग्लो हिमालमा पर्दछ। यसको उचाई ८,४८५ मिटर (२७,८३८ फिट) मापन गरीएको छ। यो हिमाल महालंगुर हिमशृंखलामा पर्दछ जुन सगरमाथाबाट १९ कि.मि. दक्षिणपूर्वमा पर्दछ।

नेपालचीनको सीमामा पर्ने यस हिमाल ८,००० मिटर माथि पर्ने एक हिमाल हो र यसको आकार चार चोसे पिरामिडको जस्तै छ। मकालु संगै मकालुभन्दा २ कि.मि उत्तरपश्चिममा मकालु २ पनि रहेको छ जसको उचाई ७,६७८ मिटर हो।

मकालुमा पहिलो चोटी पाइला एउटा अमेरिकी समुहले जसको नेतृत्व रिले कीगनले (Riley Keegan) गरेका थिए उक्त समूह सन् १९५४ मा कोसिसको क्रममा ७,१०० मिटर पुगेपछि आँधिका कारण निरास भएर फर्कन बाध्य भयो।

पहिलो पटक सफल आरोहण भने सन् १९५५ मे १५ मा लियोनल टेरे (Lionel Terrey) र जिन कोजिले (Jean Couzy) गरेका हुन् जो फ्रेन्च समूह अन्तर्गत थिए जसलाई जिन फ्रान्कोले (Jean Franco) नेतृत्व गरेका थिए।

फ्रान्को (Franco), गुइडो माग्नोन (Guido Magnone) र ग्याल्जेन नोर्बुले भोलिपल्ट सफलता हासिल गरे जसलगत्तै जिन बोभियर (Jean Bouvier), सर्ज कोप (Serge Coupe), पिरे लेरक्स (Pierre Leroux), र आन्द्रे भियलाट्टेले (Andre Vialatte) १७ मे मा सफलता हासिल गरे।

४. चार नम्बरमा हामीसँग छ;

ल्होत्से

ल्होत्से (Lhotse) विश्वकै चौथो आग्लो हिमालमा पर्दछ। यसको उचाई ८,५१६ मिटर (२७,९४० फिट) रहेको छ। सगरमाथा र ल्होत्से एक अर्कासँग जोडिएका छन्। ल्होत्से भनेको तिब्बती भाषामा दक्षिणी चुचुरो हो। यो हिमाल तिब्बत र नेपालको खुम्बु भागको सीमामा पर्दछ।

सुरुवाती चरणमा ल्होत्से आरोहणको प्रयास सन् १९५५ मा अन्तराष्ट्रिय हिमशृंखला अभियान मार्फत गरिएको थियो जसको नेतृत्व नर्मन डायारेनफर्सले (Norman Dyhernforth) गरेका थिए। त्यस पश्चात ल्होत्सेको सफल आरोहण सन् १९५६ मे १८ मा अन्सर्ट रेस (Ernst Reiss) र फ्रिट्ज लुजसिंगरको (Fritz Luchsinger) स्विस समुहले गरेको थियो।

सन् २०१४, २०१५, २०१६ मा ल्होत्से आरोहण भएन जसको कारण विभिन्न घटनाहरु थिए र त्यसपछि सन् २०१७ मा यसको फेरी सफल आरोहण भयो।

३. तिन नम्बरमा हामीसँग छ;

कञ्चनजङ्घा

कञ्चनजङ्घा (Kanchenjunga) विश्वकै तेस्रो अग्लो हिमालमा पर्दछ। यसको उचाई ८,५८६ मिटर (२८,१६९ फिट ) रहेको छ। कञ्चनजङ्घा हिम शृंखलामा पर्ने यस हिमाललाई पश्चिमबाट तमोर, उत्तरबाट लानोक चु (Lonak chu)जोंगसांग ला (Jongsang la) त्यस्तै पूर्वबाट टिस्टा नदीले घेरेका छन्।

नेपाल र भारतको सीमामा पर्ने यस हिमालको महत्त्वपूर्ण भाग चाहिँ नेपालको ताप्लेजुंग जिल्लामा पर्दछ। सन् १८५२ सम्म पनि कञ्चनजङ्घालाई विश्वकै अग्लो हिमाल मानिन्थ्यो तर विभिन्न खोज र अनुसन्धान र महान त्रिकोणमितीय सर्वेक्षण (Great Trigonometrical Survey) को १८४९को मापन अनुसार सगरमाथा जसलाई त्यस समयमा १५औं चुचुरो भनिन्थ्यो त्यसलाई सबैभन्दा अग्लो हिमालको रुपमा लिन थालियो।

यसको आरोहण सन् १९५५ मे २५ मा जो ब्राउन (Joe Brown) र जर्ज ब्याण्ड (George Band) जो १९५५ बेलायती कञ्चनजङ्घा अभियानमा थिए उनीहरुले गरेका हुन्। कञ्चनजङ्घा चढ्ने चारवटा बाटाहरुमध्य नेपालपट्टिका तीनवटा धेरै प्रयोगमा छन्। अहिलेसम्म भारत पट्टिको बाटोबाट जम्मा तीनपटक आरोहण भयो र त्यसपश्चात सन् २००० देखि भारत सरकारले त्यो बाटो बन्द गरेको छ।

२. दुई नम्बरमा हामीसँग छ;

केटु

केटु (K2) विश्वकै दोस्रो अग्लो हिमालमा पर्दछ। यसको उचाई ८,६११ मिटर (२८,२५१ फिट ) रहेको छ। कराकोरम हिमशृंखला अन्तर्गत पर्ने यस हिमाल चिन र पाकिस्तानको सीमामा पर्दछ जसमध्य यसको मुख्य भाग पाकिस्तानमा पर्दछ।

यस हिमाल आरोहणको प्रयास सन् १९०२ देखि नै भएता पनि सफलता भने सन् १९५४ मा मात्र प्राप्त भयो। यो सफलता इटालियन आरोही लिनो लेसेड़ेली(Lino Lacedelli) र अचिले कम्पाग्नोनी (Achille Compagnoni) ले पाएका थिए।

सन् २०२१ को जनवरीमा केटु ८,००० मिटर माथिका हिमाल जाडोमा आरोहण गरिएको अन्तिम हिमाल बन्यो जब नेपाली टोलि जसको नेत्रित्व निर्मल पुर्जा र मिंग्मा ग्याल्जे शेर्पाले गरेका थिए केटुको शिखरसम्म पुग्न सफल भयो।

केटु मात्र एक हिमाल हो ८,००० मिटर माथिको जसलाई अहिलेसम्म कसैले पूर्वबाट आरोहण गरेको छैन। यस हिमाल एकदमै खतरनाक मानिन्छ र जंगली हिमालको उपनामले समेत चिनिन्छ। सन् २०२१ सम्ममा जम्मा ३७७ जनाले यसको सफल आरोहण गरे भने ९१ जनाको मृत्यु भएको छ।

१. एक नम्बरमा हामीसँग छ;

सगरमाथा

र अन्त्यमा तथा एक नम्बरमा हामीसँग छ विस्वकै अग्लो हिमाल सगरमाथा (Everest) जसको उचाई ८,८४८ मिटर थियो तर सन् २०२० मा चिनिया र नेपालीको संयुक्त टोलीले मापन गरेपछि यसको नया उचाई ८,८४८.८६ मिटर (२९,०३१.७ फिट ) कायम गरिएको हो।

सगरमाथाको आर्थ आकाशकी देवी अथवा ठुलो आकाशको टाउको भन्ने बुझिन्छ। महालंगुर हिमशृंखला अन्तर्गत पर्ने यस हिमाल नेपाल र चीनको सीमामा पर्दछ। सगरमाथा आरोहण गर्ने दुई मुख्य बाटाहरु छन्। एउटा दक्षिणपूर्वी बाटो जुन नेपालबाट छ र अर्को उत्तरी बाटो जुन चिन हुदै जान्छ।

नेपालको बाटो हुदै चढ्ने धेरै छन्। सबैभन्दा पहिले कोसिस बेलायती आरोहीले गरेका थिए त्यो पनि उत्तरी बाटो हुदै किनकि तेतिबेला नेपालले विदेसीलाई हिमाल आरोहण गर्न दिदैनथ्यो। बेलायतीले उत्तरी भेगबाट जति प्रयास गरेपनि सकेनन। सन् १९२४को आरोहण आभियानले यस्तो रहस्य उत्पन्न गर्यो जुन अहिलेसम्म रहस्यमय छ। जर्ज मालोरी(George Mallory) र एन्ड्रीउ इर्भईन(Andrew Irvine) ले जुनमा अन्तिम प्रयास गरे तर कहिल्यै फर्केनन् अब उनीहरु सफल आरोहण गरेको मान्ने कि नमान्ने त अहिले सम्म रहस्यको बिषय बनेको छ।

तेन्जिंग नोर्गे र एडमण्ड हिलारी (Edmund Hillary) सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरे। यसअघि पनि सन् १९५२ मा स्विस अभियान अन्तर्गत तेन्जिंग नोर्गे ८,५६९ मिटर सम्म पुगेका थिए. त्यस्तै उत्तरी भेगबाट चिनिया आरोही समूह जसमा वांग फुजहाउ (Wang Fuzhou), गोन्पो (Gonpo)र क्यु इनहुवा (Qu Yinhua) थिए उनीहरुले सन् १९६० मे २५ मा सफल आरोहण गरे।


विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।

More From Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *