kalinchok

कालिञ्चोक

कालिञ्चोक (Kalinchok) भगवति मन्दिर हिन्दुहरूको एक ठूलो मन्दिर हो। जुन कुरी नामक गाउँमा पर्दछ। कुरी दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्दछ जुन समुन्द्री सतहबाट करिब ३,८४० मिटरको उचाइमा पर्दछ भने काठमाण्डौबाट १५० कि.मि टाढा पर्दछ।
कालिन्चोक मन्दिरको लागि मात्र नभई त्यहाबाट देखिने दृश्य र हिउँको लागि प्रसिद्ध पनि छ। धेरै जसो मान्छेहरु हिउँ खेल्नलाई यस ठाउँमा जाने गर्दछन् । हिउ परेका बेलामा भने चाहि गाडी, बाइकलाई कुरिको टुप्पोमा पुग्न मुस्किल पर्दछ।

हिउँ खेल्दै


कसरी पुग्न सकिन्छ त कालिन्चोक ???
कालिन्चोक जाने उपाय भनेको रोडबाट नै हो | जिरीमा एयरपोर्ट त छ तर त्यहाँबाट फेरी कालीन्चोक पुग्न  लगभग ६०-७० किलोमिटर गाडीमा फिर्ता आउनु पर्छ। त्यसैले गाडीमा हामी काठमाण्डौबाट लगभग ६-७ घण्टाको यात्रामा कालिञ्चोक नै पुग्न सकिन्छ।

त्यहाँ पुग्नको लागि छुट्टै छुट्टै होटल र ट्राभलका छुट्टै मूल्य सूची छन्। ती सबैलाई मिलाएर हेर्दा एकजनालाई बसमा लगभग ३,७००रुपैयाँ, जीपमा ५,००० र कारमा २०,००० रुपैयाँ जति पार्न जान्छ। जसमा खाजा खाना र बस्ने व्यवस्था हुन्छ भने समूहमा जाँदा थोरै भए पनि कम खर्च हुने गर्दछ।


विभिन्न ठाउको बारेमा भिडियो हेर्न युटुबमा THE SANDESH NEUPANE मा जानुहोस ।

More From Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *